spot_img

वीरगंजकाे रानीघाटबाट ९८ हजार रुपैयाँसहित सात जुवाडे पक्राउ

spot_img
spot_img

वीरगंज,२७ असाेज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–९ रानीघाटबाट जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले सोमबार राति रानीघाट क्षेत्रमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ९८ हजार रुपैयाँसमेत बरामद गरिएको छ ।

पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय