spot_img

बेनी हाइड्रोपावरको १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

spot_img
spot_img

काठमाडौं,२७ असाेज । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको १ करोड ४ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीको सर्वसाधारणलाई वितरण गरिएको २० लाख ८० हजार कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको ८३ लाख २० हजार कित्ता गरी कुल १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारका लागि प्रतिकित्ता ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ ।

कम्पनीको सेयर बुधबार स्पेसल प्रि–ओपन सेसनमा कारोबार भएपछि नियमित बजारमा कारोबार हुने जनाइएको छ । नेप्सेमा कम्पनीको सेयर ‘द्यभ्ल्ज्’ टिकर संकेतमा कारोबार हुने बताइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय