spot_img

‘हुंकार मधेश’ले तोक्यो २१ विभागका प्रमुख, स्नातक उत्तीर्ण र विज्ञलाई जिम्मेवारी

spot_img
spot_img

वीरगंज, २७ असोज । हालै औपचारिक घोषणा भएको राजनीतिक अभियान ‘हुंकार मधेश’ले पहिलो चरणमा २१ वटा विभागीय प्रमुखहरूको जिम्मेवारी तोकेको छ।

संगठनलाई समावेशी, योग्य र नतिजामुखी बनाउने उद्देश्यका साथ कम्तीमा स्नातक उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रका विज्ञहरूलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको प्रवक्ता केशव झाले जानकारी दिए ।

मनोनित सबै विभागीय प्रमुखहरूलाई आगामी सात दिनभित्र आफ्नो विभागको कार्ययोजना, कार्यविधि र सय दिने विस्तृत कार्यक्रमको खाका तयार पारेर पेस गर्न निर्देशन दिइएको छ। गत असोज ९ गते औपचारिक घोषणा गरिएको हुंकार मधेशले सांगठनिक विस्तारलाई तीव्र बनाउन दसैँलगत्तै झापादेखि कञ्चनपुरसम्म ‘सय दिने हुलाकी यात्रा’ सुरु गर्ने कार्यक्रमसमेत तय गरेको छ।

घोषित जिम्मेवारी अनुसार संवाद तथा समन्वय विभाग प्रमुखमा राम कुमार कश्यप, प्रचारप्रसार तथा प्रकाशनमा केशव कुमार, सङ्गठनमा कौशलेन्द्र कौशल, कानुन तथा न्यायमा रत्नेश्वर सनातनी र आइटी तथा कार्य मूल्याङ्कन विभाग प्रमुखमा रोशन कुमार चयन भएका छन् ।

‘हुंकार मधेश’ ले जिम्मेवारी तोकेका २१ विभागीय प्रमुखहरूको सूची यस प्रकार छ:

१. संवाद तथा समन्वय विभाग: राम कुमार कश्यप

२. प्रचारप्रसार तथा प्रकाशन विभाग: केशव कुमार

३. सङ्गठन विभाग: कौशलेन्द्र कौशल

४. कानुन तथा न्याय विभाग: रत्नेश्वर सनातनी

५. आइटी तथा कार्य मूल्याङ्कन विभाग: रोशन कुमार

६. बौद्धिक तथा पेसाकर्मी विभाग: डा. एन. एन. भारद्वाज

७. आर्थिक विभाग: सचिदानन्द यादव

८. अनुशासन विभाग: राजाराम यादव

९. प्रशिक्षण तथा नीति अनुसन्धान विभाग: मनोहर मानव

१०. सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभाग: कृष्ण कुमार

११. स्वयंसेवी सुरक्षा दस्ता विभाग: उमेश सिंह

१२. युवा तथा विद्यार्थी विभाग: पङ्कज आनन्द

१३. वैदेशिक रोजगार विभाग: मनिष कुमार

१४. सूचना तथा सञ्चार विभाग: पुष्पा प्रिया

१५. संघीय मामिला विभाग: मधुमाया यादव

१६. शिक्षा तथा संस्कृति विभाग: इन्द्रजित साफी

१७. उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभाग: सन्दीप त्रिपाठी

१८. नागरिकता तथा भूमिहीन समस्या समाधान विभाग: अंगद यादव

१९. कृषि विकास तथा अनुसन्धान विभाग: राम किशुन नायक

२०. विज्ञान तथा प्रविधि विभाग: प्रो. विजय महासेठ

२१. सहिद तथा घाइते व्यवस्थापन विभाग: मो. युसुफ साफी

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय