काठमाडाैं,२७ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् ।
नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा सोमबार बौद्ध परम्पराअनुसार लामाहरूले विशेष पूजा गरेका हुन् । पूजामा सहभागी प्रचण्डले बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको आत्मशान्तिको कामना गरे ।
बाढी गएको ४९औँ दिनको अवसर पारेर मृतकहरूको सम्झनामा विशेष घेवा आयोजना गरिएको हो ।
बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावतीस्थित उत्तरगयाधाम पुगेका थिए ।




