spot_img

ओमानमाथि नेपालको फराकिलो जित

spot_img
spot_img

वीरगंज, २७ असोज । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको सहज र फराकिलो जित निकालेको छ।

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा मात्र १५० रनमा समेटिएपछि नेपालले सानदार जित हात पारेको हो।

ओमानका लागि कप्तान विनायक शुक्लाले ७७ रनको धैर्यतापूर्वक इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै जय ओडेद्राले २५ र जतिन्दर सिंहले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

ओमानलाई सस्तैमा समेट्न नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले समान ३–३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रनको बलियो योगफल खडा गरेको थियो। नेपालका लागि रोहित पौडेलले ६७ बलमा ६१ रनको अर्धशतकीय इनिङ्स खेले । अन्तिम ओभरहरूमा करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४ छक्का र १ चौकाको मद्दतले ४० रन जोडेपछि नेपालको योगफल उच्च बनेको थियो। यस्तै अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले ३७–३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए ।

ओमानका बलरहरू शकिल अहमद, करण सोनाभेल र शाह फैसलले २–२ विकेट लिएका थिए। यस शृङ्खलाअन्तर्गतको अघिल्लो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो। खेलको प्लेयर अफ दी म्याच नेपालका करण केसी भए ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय