spot_img

विमानस्थलमा घूस लिएको आरोपमा हिमालयन एअरलाइन्सका कर्मचारी पक्राउ

spot_img
spot_img

काठमाडौं,२८ असाेज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने यात्रुलाई पुनः श्रम स्वीकृति गराइदिने र यात्रा सहजीकरण गर्ने बहानामा रकम लिएको आरोपमा हिमालयन एअरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हिमालयन एअरलाइन्सका कर्मचारी हंशराज जैशी रहेका छन्। विमानस्थलस्थित अध्यागमन कार्यालयले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको छ।

अध्यागमन कार्यालयका अनुसार असोज २६ गते वैदेशिक रोजगारीका लागि विदेश जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद सकिएको थियो। उक्त स्वीकृति पुनः गराइदिने र यात्रामा सहजीकरण गरिदिने बहानामा जैशीले रावतसँग रकम लिएको भन्दै अध्यागमन कार्यालयमा फोनमार्फत उजुरी परेको थियो।

उजुरीपछि अध्यागमन कार्यालयले प्रारम्भिक छानबिन गर्दा जैशीको ई–सेवा खातामा १४ हजार रुपैयाँ ट्रान्सफर भएको भेटिएको थियो।

त्यसैगरी, विमानस्थलमा जडान गरिएको सीसीटीभी फुटेज जाँच गर्दा पनि जैशीले यात्रुलाई सहजीकरण गर्ने बहानामा शंकास्पद गतिविधि गरेको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको अध्यागमन कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय