काठमाडौं,२९ असाेज । नेपालमा पछिल्लो ६ महिनाको अवधिमा सर्पदंशबाट १०६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०८३ वैशाख १ देखि असोज २९ गतेसम्म देशभर सर्पदंशका १ हजार ५८५ घटना दर्ता भएका छन् ।
प्राधिकरणका अनुसार उक्त अवधिमा सर्पदंशका घटनामा परी १ हजार ४९२ जना घाइते भएका छन् भने १ हजार ५९० परिवार प्रभावित भएका छन् ।
सर्पदंशका कारण ठूलो संख्यामा मानिसको ज्यान गएको तथ्याङ्कले यसबाट बच्न सावधानी अपनाउनु आवश्यक रहेको देखाएको छ । विशेषगरी वर्षायाममा सर्पदंशको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन र सर्पले टोकेमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन आवश्यक छ ।




