spot_img

विपद्पछिको पुनर्निर्माणमा एडिबीको सहयोग खोज्दै अर्थमन्त्री वाग्ले

spot_img
spot_img

काठमाडौं,२९ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान तथा जलवायु उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको बैंककमा रहेका अर्थमन्त्री वाग्लेले एडिबीका अध्यक्ष मासातो कान्दासँगको भेटमा उक्त आग्रह गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु उत्थानशील पूर्वाधारको पुनर्निर्माण तथा नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि आवश्यक स्रोत परिचालन गर्न एडिबी अध्यक्ष कान्दासँग आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले बाढीपछि उद्धार कार्यमा सहयोग पुर्‍याउन आपत्कालीन अनुदान शीघ्र स्वीकृत गरेको तथा नेपालप्रति ऐक्यबद्धता व्यक्त गरेकोमा एडिबीप्रति आभार व्यक्त गरेका थिए ।

त्यस अवसरमा एडिबी अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताए ।
भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय