spot_img

मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा ठुलो सङ्ख्यामा कर्मचारी माग

spot_img
spot_img

धनुषा,३० असाेज । मधेस प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न पदमा करार सेवामार्फत कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले शुक्रबार पहिलोपटक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन पेस गर्न आग्रह गरेको हो । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८३/०८४ को असार मसान्तसम्मका लागि कर्मचारी नियुक्त गर्न लागिएको हो ।

स्थायी कर्मचारी पदपूर्ति भएको अवस्थामा करार नियुक्ति स्वतः खारेज हुने गरी कर्मचारी माग गरिएको मन्त्रालयले जनाएको छ ।
विभिन्न पदका लागि परीक्षाको विधि फरक–फरक निर्धारण गरिएको छ । केही पदमा अन्तर्वार्ता तथा सीप परीक्षण र केहीमा लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत छनोट गरिने मन्त्रालयले जनाएको छ ।

उम्मेदवारको उमेरको हद मधेस प्रदेशको प्रदेश निजामती सेवा ऐन, २०७७ अनुसार र शैक्षिक योग्यता प्रदेश लोकसेवा आयोगले तोकेबमोजिम हुनुपर्नेछ ।

मन्त्रालयका अनुसार आवेदन दिन कुनै शुल्क लाग्ने छैन । इच्छुक उम्मेदवारले शैक्षिक योग्यताका प्रमाणपत्र, तालिम तथा अनुभवका प्रमाणपत्र, सम्बन्धित काउन्सिलको दर्ता वा नवीकरण प्रमाणपत्र, आवश्यक भए समकक्षता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको स्वयं प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ ।

आवेदन फाराम मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी आवश्यक विवरण भरेर मन्त्रालयको प्रशासन शाखामा बुझाउन सकिनेछ । आवेदन पेस गर्ने अन्तिम मिति २०८३ कात्तिक १३ गते तोकिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय