वीरगंज, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले भोलि पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार दिउँसो २ बजे उनको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
महाधिवेशनमा सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत मात्र पाएका थिए ।
भोलि सभापति थापाको मात्र शपथ ग्रहण हुनेछ भने नवनिर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम भने दसैँपछि गर्ने गरी तय गरिएको छ। भोलि हुने सभापतिको शपथ ग्रहणलगत्तै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारीसमेत गरिएको छ।




