वीरगंज, ३० असोज । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्दै अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ।
अद्यावधिकपछि देशभर कुल मतदाताको सङ्ख्या १ करोड ९० लाख ९१ हजार ३७५ पुगेको छ, जसमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ जना अन्य रहेका छन्।
२०८२ चैत २२ देखि २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जना नयाँ मतदाता थपिएका थिए। अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम रहेका, नागरिकता त्याग वा रद्द भएका कुल २ लाख ३ हजार ५८६ जनाको नाम नामावलीबाट हटाइएको छ।
अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को तुलनामा यसपटक खुद १ लाख ८७ हजार ६८६ जना मतदाता थपिएका छन्। सर्वसाधारणको सहज पहुँचका लागि प्रकाशित अन्तिम मतदाता नामावली तथा प्रदेश, जिल्ला र स्थानीय तहगत सङ्ख्यात्मक विवरण आयोगको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ।
अन्तिम मतदाता नामावली हेर्न अन्तिम मतदाता नामावली बमोजिम मतदाता संख्या क्लिक गर्नुहोस्




