spot_img

नागरिकको विश्वास नै राजनीतिमा सबैभन्दा ठूलो उपहार हो : रास्वपा

spot_img
spot_img

काठमाडौं, ३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहारको लेनदेन नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शनिबार शुभकामना सन्देश जारी गर्दै चाडपर्वका अवसरमा उपहार आदानप्रदान नगर्न आग्रह गरेका हुन्। उनले पार्टीले स्थापनाकालदेखि नै चाडपर्वमा उपहार लेनदेन गर्ने परम्परालाई निरुत्साहित गर्दै आएको उल्लेख गरेका छन्।

राजनीतिमा नागरिकको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार भएको उल्लेख गर्दै आचार्यले चाडपर्वको मूल भावना निःस्वार्थ प्रेम, आपसी सद्भाव र आत्मीयता रहेको बताएका छन्।

उनले उपहारको लेनदेनभन्दा पनि आपसी सम्बन्ध, सद्भाव र विश्वासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै महामन्त्री आचार्यले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय