spot_img

ओमानविरुद्ध रोहित, दीपेन्द्र र देवको अर्धशतक, नेपालले दियो २८१ रनको लक्ष्य

spot_img
spot_img

वीरगंज, २ कार्तिक । आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले घरेलु टोली ओमानसामु जितका लागि २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल अमरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रनको बलियो योगफल तयार पारेको हो। नेपालका लागि रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र देव खनालले उत्कृष्ट अर्धशतकीय पारी खेले।

रोहित पौडेलले टोलीको नेतृत्व गर्दै सर्वाधिक ८० रन बनाए भने आक्रामक ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरीले ६२ बलमा ६९ रन जोडे। त्यस्तै देव खनालले ६५ बल सामना गर्दै ५७ रनको महत्वपूर्ण योगदान दिए।

तल्लो क्रममा बसिर अहमदले मात्र ७ बलमा १७ रनको आक्रामक पारी खेलेका थिए भने इशान पाण्डेले २९ रन जोडे। एकदिवसीय मान्यता जोगाउनका लागि आजको खेल जित्नैपर्ने दबाबमा रहेको नेपालले ब्याटिङमा निकै सम्हालिएको र उत्कृष्ट प्रदर्शन गरेको छ। बलिङतर्फ ओमानका शाह फैसलले सर्वाधिक ५ विकेट लिए भने जय ओडेड्राले ३ तथा समय श्रीवास्तवले २ विकेट हात पारे ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय