spot_img

एनपीएलमा पहिलोपटक भित्रिँदै डीआरएस प्रविधि, पहिलो म्याचबाटै प्रयोग हुने

spot_img
spot_img

वीरगंज, ३ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलोपटक अत्याधुनिक डीआरएस (डिसिजन रिभ्यु सिस्टम) प्रविधि प्रयोग हुने भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) स्रोतका अनुसार यसपटक प्रतियोगिताको पहिलो म्याचदेखि नै डीआरएस सुविधा उपलब्ध गराइनेछ।

यस सम्बन्धमा क्यानले छिट्टै औपचारिक घोषणा गर्ने तयारी गरिरहेको छ। क्यान स्रोतका अनुसार भारतीय कम्पनीसँग करिब दुईदेखि साढे दुई करोड रुपैयाँको सम्झौता गरेर यो प्रविधि नेपाल ल्याउन लागिएको हो।

डीआरएसमा हुने कुल खर्चको केही हिस्सा एनपीएलका फ्रेन्चाइज टोलीहरूले पनि व्यहोर्ने गरी क्यानले मोडालिटी तयार पारिरहेको छ, यद्यपि कुन पक्षले कति प्रतिशत रकम बेहोर्ने भन्ने विषय टुङ्गो लाग्न बाँकी छ।

यसैबिच क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमा एक एआई निर्मित भिडियो पोस्ट गर्दै एनपीएलमा डीआरएस प्रयोग हुने स्पष्ट सङ्केत दिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरको निर्णय त्रुटिरहित बनाउन प्रयोग गरिने यो प्रविधि लागू भएपछि म्याचका क्रममा निर्णय चित्त नबुझेमा ब्याटिङ वा बलिङ गर्ने दुवै टोलीले रिभ्यु लिन सक्नेछन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय