spot_img

अर्थमन्त्रीले दिल्लीमा दिएको अभिव्यक्ति विवादमा, विभिन्न राजनीतिक दलको आपत्ति

spot_img
spot_img

वीरगंज, ८ कार्तिक । भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने युग सकियो’ भनी दिएको अभिव्यक्तिप्रति विभिन्न राजनीतिक दलका नेताहरूले कडा आपत्ति जनाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अर्थमन्त्रीको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन र गैरजिम्मेवार भएको बताएका छन्। नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा नटिकेको स्पष्ट पार्दै उनले सीमा मिचिनु, डुबान र नाकाबन्दीविरुद्ध बोल्नु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको उल्लेख गरेका छन्। नेता थापाले विगतको विवादित ‘मनरो डक्ट्रिन’ प्रसङ्ग जोड्दै यो अभिव्यक्तिबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग सरकारको आधिकारिक धारणासमेत माग गरेका छन्।

यसैगरी नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पनि अर्थमन्त्री वाग्लेको धारणालाई ‘बौद्धिक ज्ञानको टाट पल्टाइ’ को संज्ञा दिएका छन्। वाग्लेले भारत पुगेर नेपाल राष्ट्रविरुद्ध बोलेको आरोप लगाउँदै उनले नेपाली राष्ट्रवादलाई भारतविरोधका रूपमा व्याख्या गर्नु राजनीतिक, कूटनीतिक र ऐतिहासिक रूपमा गलत रहेको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय