जनकपुर,१० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूले शपथग्रहण गरेका छन्।
पार्टी समायोजनपछि जनकपुरधामस्थित प्रदेश पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराइएको हो। सोही अवसरमा प्रदेश समितिको प्रथम कार्यकारिणी बैठकसमेत बसेको छ।
कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय लालबाबु राउत गद्दी र जितेन्द्र सोनललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
पार्टी समायोजनपछि शपथग्रहण तथा पहिलो कार्यकारिणी बैठक आयोजना हुनुलाई मधेस प्रदेशमा संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने र आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।




