spot_img

बारामा ८० हजारका अवैध पटका बरामद, दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज,१० कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चेकपोइन्टबाट प्रहरीले करिब ८० हजार रुपैयाँ मूल्य बराबरका अवैध पटका बरामद गरेको छ । पटका ओसारपसार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार बिहान करिब ८:३० बजे प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा पटका बरामद गरेको हो ।

सिम्रौनगढबाट माछा लोड गरी काठमाडौं जाँदै गरेको बा.प्र.०१–०३४ च ७३१५ नम्बरको पिकअपलाई पथलैया चेकपोइन्टमा रोकेर जाँच गर्ने क्रममा माछाको लोडभित्र लुकाइछिपाइ ल्याइएका सात प्रकारका ६४ डिब्बा पटका फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रौतहटको राजपुर कुडिया नगरपालिका–५ निवासी २८ वर्षीय विनोद महतो र बाराको पचरौता नगरपालिका–७ निवासी २६ वर्षीय राधाकृष्ण सहनी रहेका छन् ।

प्रहरीका अनुसार बरामद पटकामध्ये पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन एक डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार चार डिब्बा र फ्लावर सो एक डिब्बा रहेका छन् ।

बरामद पटाकाको अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद सामग्री र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय