काठमाडौं,११ कार्तिक । नेकपा एमालेका मनोनीत तीन केन्द्रीय सदस्यले बुधबार शपथ ग्रहण गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ गराएका हुन् ।
गत असोजको पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । बैठकबाट मनोनीत अन्य केन्द्रीय सदस्यले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।
शपथ ग्रहणसँगै मनोनीत तीनै जना केन्द्रीय सदस्यले औपचारिक रूपमा पार्टीको केन्द्रीय कमिटीको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ ।




