spot_img

रक्सौलका १९ वर्षीय अमन सर्राफ ६८ किलो चाँदीसहित काठमाडौंमा पक्राउ

spot_img
spot_img

काठमाडौं,११ कार्तिक । काठमाडौंको चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट ६८ किलोभन्दा बढी चाँदीका गरगहनासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित रक्सौलका १९ वर्षीय अमन सर्राफ रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सर्राफले भन्सार छली तथा चोरी पैठारी गरी चाँदीका तयारी गरगहना ल्याएको सूचनाका आधारमा उनको कोठामा छापा मारिएको थियो। छापा मार्ने क्रममा ६८ किलो २४४ ग्राम चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सर्राफलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय