काठमाडौं,११ कार्तिक । स्पेनको टोलेडोमा दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम स्काइ न्युजले दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ। यद्यपि, मृतकको यो संख्या स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।
दुर्घटनाप्रति स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुःख व्यक्त गरेका छन्। उनले घटनाबाट आफू स्तब्ध भएको बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री सान्चेजले दुर्घटनाबारे यातायातमन्त्री र कास्टिला–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्। दुर्घटनाको कारण, घाइतेको संख्या तथा क्षतिको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।




