काठमाडौं,१२ कार्तिक । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




