spot_img

प्रहरी पोशाक खरिद प्रकरण : कात्तिक ३० सम्म प्रमाण जुटाइने, मंसिर १ देखि बयान लिइने

spot_img
spot_img

वीरगंज, १२ कार्तिक । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिद प्रकरणबारे अध्ययन गर्न गठित उपसमितिले सम्बन्धित पक्ष र विज्ञहरूसँग मङ्सिर १ देखि १५ गतेसम्म बयान तथा छलफल गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको अध्ययन उपसमितिको दोस्रो बैठकपछि संयोजक मनिष झाले छानबिनका लागि कात्तिक ३० गतेसम्म आवश्यक प्रमाण जुटाउने र प्रश्नहरू तयार पार्ने काम हुने जानकारी दिए। दुई महिना (मङ्सिर २० गतेसम्म) को समयावधि पाएको यस उपसमितिले आफ्नो कामलाई व्यवस्थित बनाउन कार्यतालिका तय गरेको छ।

संयोजक झाका अनुसार उपसमिति गठन भएको २० दिन बितिसकेको र बाँकी समयमध्ये सार्वजनिक बिदा कटाएर अब करिब ३० दिन मात्रै काम गर्न सकिने अवस्था छ। त्यसैले कात्तिक ३० सम्म प्रमाण जुटाएर मङ्सिर १ देखि १५ सम्म बयान लिने र अन्तिम पाँच दिन अर्थात् मंसिर १६ देखि २० गतेसम्म प्रतिवेदन लेखनको काम सम्पन्न गर्ने सहमति भएको छ।

उपसमितिको काम कसैलाई दोषी वा निर्दोष घोषणा गर्नु नभई तथ्य र प्रमाणका आधारमा निष्कर्ष निकालेर सिफारिससहितको प्रतिवेदन तयार पार्नु मात्र रहेको झाले स्पष्ट पारे।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय