spot_img

दुई अर्ब बढीको सट्टेबाजी गरेको आरोपमा धनुषाका सुनिलकुमार यादव पक्राउ

spot_img
spot_img

वीरगंज, १२ कार्तिक । दुई अर्ब रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन सट्टेबाजी (बेटिङ) गराउने धनुषाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार, यादवले ‘बाइनान्स’ एपमार्फत ठूलो परिमाणमा अवैध क्रिप्टो कारोबार र अनलाइन बेटिङ गराउँदै आएको विशेष सूचना प्राप्त भएको थियो।

सोही सूचनाका आधारमा प्रहरीले सूक्ष्म निगरानी र प्राविधिक विश्लेषण गर्दा यादवले बाइनान्स आइडीमार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार गरेको रहस्य खुलेको हो। प्रतिडलर १५१.५३ रुपैयाँको विनिमय दरअनुसार यो रकम नेपाली रुपैयाँमा २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ हुन आउँछ।

जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ परेका यादवलाई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौँ लगिएको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ र दफा २६२ ९क० १ अन्तर्गत ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने’ कसुरमा मुद्दा अघि बढाइएको छ। यस सम्बन्धमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय