spot_img

फेटा गोलीकाण्डको निष्पक्ष छानबिन गर्न पूर्वप्रदेशसभा सदस्य साहको माग

spot_img
spot_img

वीरगंज,१४ कार्तिक । बाराको फेटा गाउँपालिकामा उद्घाटन कार्यक्रमका क्रममा नागरिकमाथि गोली चलेको घटनाप्रति बारा क्षेत्र नम्बर ३ (ख) का पूर्वप्रदेशसभा सदस्य पारस साहले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साहले जनताको जीवनभन्दा कुनै पनि उद्घाटन कार्यक्रम, पद र प्रतिष्ठा ठूलो हुन नसक्ने बताएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

गोली लागेर घाइते भएका व्यक्तिलाई तत्काल उचित उपचारको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्दै उनले आवश्यक स्वास्थ्य सुविधा र विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।

त्यस्तै, पीडित परिवारसँग प्रत्यक्ष संवाद गरी उनीहरूको पीडा र माग सम्बोधन गर्न पनि उनले आग्रह गरेका छन्। स्थानीय नागरिक तथा सरोकारवालासँग वार्ता गरेर उत्पन्न परिस्थितिलाई शान्तिपूर्ण र हिंसामुक्त बनाउन सम्बन्धित पक्षलाई उनले अनुरोध गरेका छन्।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै साहले नागरिकमाथि शक्ति प्रदर्शन गर्नुको सट्टा सुशासन, सुरक्षा र न्याय सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्।

‘जनता शासकका लागि होइनन्, शासक जनता र जनताको सेवाका लागि हुन्,’ उनले फेसबुकमा लेखेका छन्। जनताको जीवन, सम्मान र अधिकारसँग कुनै सम्झौता हुन नसक्ने उल्लेख गर्दै उनले राज्यले नागरिकमा डर र त्रास होइन, सुरक्षा र न्यायको अनुभूति दिलाउनुपर्ने बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय