spot_img

बाराको फेटामा भएको गोलीकाण्डको निष्पक्ष छानबिन र घाइतेको निःशुल्क उपचार गर्न पूर्वमुख्यमन्त्री सोनलको माग

spot_img
spot_img

वीरगंज, १४ कार्तिक । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष जितेन्द्र सोनलले बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा शनिबार भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपाध्यक्ष सोनलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। यसका साथै, झडपका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका स्थानीय आदित्य पासवानसहित अन्य घाइतेहरूको अविलम्ब निःशुल्क उपचारको व्यवस्था मिलाउन उनले सरकारसँग माग गरेका छन् ।

फेटामा घटेको घटना अत्यन्तै दुःखद र संवेदनशील रहेको उल्लेख गर्दै सोनलले स्थानीय जनप्रतिनिधिलाई यसप्रति गम्भीर बन्न र प्रहरी प्रशासनलाई संयमित भएर शान्ति सुरक्षा कायम गर्न अपिल गरेका छन्।

त्यसैगरी, उनले फेटा क्षेत्रका बुद्धिजीवी, युवा, राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरूलाई परिस्थितिको निगरानी गर्दै सामाजिक सद्भाव र शान्ति व्यवस्था कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। सोनलले घाइते आदित्य पासवानलगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय