spot_img

सर्वोच्चका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ८ उजुरी

spot_img
spot_img

काठमाडौँ,१५ कार्तिक । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा आठवटा उजुरी परेका छन्।

संसदीय सुनुवाइ समितिले गत कात्तिक ९ गते प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी आह्वान गरेको थियो। शुक्रबारसम्म समितिमा आठवटा उजुरी प्राप्त भएको जनाइएको छ।

उजुरी दिने समयसीमा कात्तिक १९ गतेसम्म रहेकाले थप उजुरी पर्न सक्ने समितिले जनाएको छ।

गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

सिफारिस भएका न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने क्रममा समितिले उनीहरूविरुद्ध सार्वजनिक रूपमा उजुरी माग गरेको हो।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय