spot_img

स्वास्थ्यमा जटिलता देखिएपछि डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

spot_img
spot_img

वीरगंज, १६ कार्तिक । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर जटिलता देखिएपछि सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत इलामबाट काठमाडौँ लगिएको छ।

बिहान १०ः३० बजे काठमाडौँ लगिएका डा. केसीलाई लगत्तै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टीयू टिचिङ) भर्ना गरी उपचार सुरु गरिएको छ।

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै डा. केसीले गत बिहीबारदेखि इलामको नारायण मन्दिर परिसरमा आफ्नो २५औँ सत्याग्रह (आमरण अनशन) सुरु गरेका थिए। अनशनका कारण स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएपछि उनलाई उद्धार गरी काठमाडौँ लगिएको हो।

काठमाडौँ लगिएपछि पनि सरकारले डा. केसीको स्वास्थ्य अवस्था र मागबारे कुनै चासो नदेखाएको उनका सहयोगी पवन थापाले बताएका छन्। थापाले सरकारलाई अविलम्ब वार्ता टोली गठन गरी डा. केसीका जायज मागहरू सम्बोधन गर्न आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय