वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २, दुवै क्षेत्रका प्रदेशसभा क्षेत्रीय कार्यसमिति, वीरगञ्ज महानगरपालिका तथा बहुदरमाई नगरपालिका नगर कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सबै तहमा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।
सोमबार, २०८३ कात्तिक १६ गते आयोजित अधिवेशनको उद्घाटन समारोह नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्य तथा पार्टीका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस पर्साका संयोजक विजय कर्णले गर्नुभएको थियो भने सञ्चालन वीरगञ्ज महानगरपालिका कांग्रेसका संयोजक मनोज कुमार साहले गर्नुभएको थियो।
कार्यक्रमको सुरुवात ज्ञात–अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण तथा राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अग्रज नेताहरूले संयुक्त रूपमा अधिवेशनको उद्घाटन गर्नुभएको थियो।
उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री उमाकान्त चौधरी, नेपाली कांग्रेस बाराका नवनिर्वाचित सभापति राजेश राय यादव, संविधानसभा सदस्य शम्भु हजरा, वरिष्ठ नेता शम्भु चौहान, डा. कृपासिन्धु चौधरी, उत्तमा प्याकुरेल, युवा नेता रोशन लामिछाने, मनोज यादव, बैकुण्ठ श्रीवास्तव, सन्तोष चौधरी, १५औँ महाधिवेशनका निर्वाचन अधिकृत विजय उपाध्याय तथा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य विश्वनाथ खनाललगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, पूर्वक्याम्पस प्रमुख एवं प्राध्यापक संघका पूर्वसभापति डा. प्रमोद कुशवाहा, वीरगञ्ज महानगरपालिकाका पूर्वउपसभापति सन्तोष गुप्ता, बहुदरमाई नगरपालिकाका संयोजक प्रकाश रौनियार, महाधिवेशन तयारी समिति पर्साका सदस्य कामेश्वर मिश्र, प्रजातन्त्र सेनानी पर्साका सभापति एवं डीएलएका सभापति राजनाथ ठाकुरलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा दिलीप बराल, शिव ओम लामिछाने, ध्रुव नेपाल, शिवनारायण साह, रामनारायण पटेल, अरविन्द त्रिपाठी, अब्दुल गनी, मोहम्मद अन्सारीलगायतका नेताहरूको पनि उपस्थिति थियो।
यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का संयोजक हरिन्द्र प्रसाद यादव, क्षेत्र नं. २ का संयोजक संजय कुमार चतुर्वेदी, क्षेत्र नं. ३ का संयोजक राजीव कुमार कोइराला र क्षेत्र नं. ४ का संयोजक रामबिहारी प्रसाद थारूको सहभागिता रहेको थियो।
प्रदेशसभा क्षेत्रीय संयोजकहरू पुरुषोत्तम प्रसाद पटेल, दिपेन्द्र प्रसाद कानु, सन्दीप कुमार साह तेली, विकास उपाध्याय, इन्द्रासन प्रसाद यादव र विनय रौनियारलगायतको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न वडाका सभापति, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, युवा, विद्यार्थी तथा पार्टीका शुभेच्छुकहरूको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा क्षेत्र नं. १ का संयोजक हरिन्द्र प्रसाद यादवले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसपछि विभिन्न तहका नेता तथा प्रतिनिधिहरूले पार्टीको संगठन सुदृढीकरण, आन्तरिक एकता, सहकार्य र आगामी राजनीतिक कार्यदिशाबारे आ–आफ्ना धारणा राखेका थिए।
उद्घाटन सत्र सम्पन्न भएलगत्तै सुरु भएको बन्दसत्रबाट विभिन्न तहका पदाधिकारीहरू सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचित पदाधिकारीहरूको विवरण
१. वीरगञ्ज महानगरपालिका नगर कार्यसमिति
– सभापति : मनोज कुमार साह
– सचिव : आदित्य उपाध्याय
२. प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १
– क्षेत्रीय सभापति : हरिन्द्र प्रसाद यादव
– प्रदेशसभा क्षेत्र (क) सभापति : पुरुषोत्तम प्रसाद पटेल
– प्रदेशसभा क्षेत्र (ख) सभापति : दिपेन्द्र प्रसाद कानु
३. प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २
– क्षेत्रीय सभापति : संजय कुमार चतुर्वेदी
– प्रदेशसभा क्षेत्र (क) सभापति : सन्दीप कुमार साह तेली
– प्रदेशसभा क्षेत्र (ख) सभापति : विकास उपाध्याय
४. बहुदरमाई नगरपालिका नगर कार्यसमिति
– सभापति : प्रकाश रौनियार
विभिन्न तहमा नेतृत्व सर्वसम्मत रूपमा चयन भएसँगै नेपाली कांग्रेस पर्सामा संगठनात्मक एकता र सहकार्य थप मजबुत हुने अपेक्षा गरिएको छ। नवनिर्वाचित नेतृत्वले पार्टीको नीति, विचार र सिद्धान्तलाई जनस्तरसम्म पुर्याउँदै संगठन विस्तार, जनताको सेवा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
अधिवेशनले पार्टीभित्र आपसी एकता, सहकार्य र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने सन्देश दिएको सहभागी नेताहरूले बताएका छन्।
नवनिर्वाचित सम्पूर्ण सभापति तथा पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।




