spot_img

आउँदो ५ नोभेम्बरमा रणवीर, साइ पल्लवी र यशको ‘रामायण’ रिलिज हुँदै, रावण–जटायु युद्धको दृश्य खिच्न लाग्यो साढे ६ वर्ष

spot_img
spot_img

वीरगंज, १७ कार्तिक । भारतीय चलचित्र उद्योगको बहुप्रतीक्षित चलचित्र ‘रामायण ः द राइज अफ अ लेजेण्ड’ आउँदो ५ नोभेम्बर (यसै बिहीबार)बाट विश्वभर प्रदर्शनमा आउँदैछ।

यस पौराणिक कथालाई भव्य रूपमा पर्दामा उतार्न वर्षौँको योजना र अथक मिहेनत लागेको निर्देशक नितेश तिवारीले खुलासा गरेका छन्।

निर्देशक तिवारीका अनुसार चलचित्रमा समावेश रावण र जटायुबीचको लडाइँको दृश्यलाई जीवन्त र उत्कृष्ट बनाउन मात्रै ठ्याक्कै साढे ६ वर्षको समय लागेको छ। पहिलोपटक स्केच आर्टिस्टलाई ‘ब्रिफिङ’ गरेदेखि शून्यबाट सुरु भएर दृश्यलाई अन्तिम रूप दिँदासम्म हजारौँ प्राविधिक र कलाकारहरूले अहोरात्र काम गरेको उनले बताएका छन्।

यस्तै, रावणको पौराणिक उडानयन्त्र ‘पुष्पक विमान’ को परिकल्पना र अन्तिम डिजाइन तय गर्न मात्रै टिमले करिब दुई वर्ष बिताएको छ। पर्दामा देखिने डिजाइन फाइनल गर्नुअघि ४० देखि ५० वटा फरक\फरक डिजाइन तयार पारिएको थियो। प्राचीन युगका चमत्कारहरू पछाडि पनि वैज्ञानिक आधार थियो भन्ने देखाउन निकै अध्ययन गरेर मात्र विमानको अन्तिम डिजाइन तय गरिएको निर्देशकको भनाइ छ।

दुई भागमा निर्माण भइरहेको यस मेगा बजेट चलचित्रमा रणवीर कपुर (राम), साइ पल्लवी (सीता) र दक्षिण भारतीय सुपरस्टार यश (रावण) मुख्य भूमिकामा देखिँदैछन्। चलचित्रको पहिलो भाग यही बिहीबारदेखि सिनेमाघरमा आउनेछ भने दोस्रो भाग आगामी वर्ष प्रदर्शन गर्ने तयारी छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय