वीरगञ्ज । नेपाली कांग्रेस वीरगञ्ज महानगरपालिकाको सभापतिमा मनोज कुमार साह सर्वसम्मत चयन भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न महानगर अधिवेशनबाट साहलाई सभापतिमा चयन गरिएको हो।
अधिवेशनले महानगरको सचिवमा आदित्य उपाध्यायलाई चयन गरेको छ। पार्टीको क्षेत्रीय तथा नगर अधिवेशनका क्रममा महानगर, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्र र बहुदरमाई नगरका सभापतिहरूको समेत घोषणा गरिएको छ।
सहमतिको आधारमा नेतृत्व चयन गर्दै सम्पन्न अधिवेशनले पार्टीभित्र आपसी एकता र सहकार्यलाई प्राथमिकता दिएको छ। मनोज कुमार साहको सर्वसम्मत चयनलाई वीरगञ्ज महानगरमा संगठनात्मक एकता र नेतृत्वबीचको सहमतिको रूपमा हेरिएको छ।
नवनिर्वाचित नेतृत्वले वडा तहसम्म पार्टी संगठन विस्तार तथा सुदृढीकरण, कार्यकर्ताबीच समन्वय र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
अधिवेशनमार्फत चयन भएको नयाँ नेतृत्वले आगामी दिनमा पार्टीका गतिविधिलाई थप व्यवस्थित गर्दै संगठनलाई स्थानीय तहमा सक्रिय बनाउने जिम्मेवारी पाएको छ।




