spot_img

जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सले पहिले ब्याटिङ गर्दै

spot_img
spot_img

वीरगंज, १७ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भइरहेको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यस रोमाञ्चक खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले पहिले ब्याटिङ गर्ने भएको छ।

टस जितेपछि बोल्दै जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले पछिल्लो अवस्था र चेज गर्न सहज हुने हुनाले पहिले बलिङ गर्ने निर्णय गरिएको बताएका छन्।

यता, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछानेले मैदानमा राम्रो योगफल (टारगेट) तयार पारेर विपक्षी टिमविरुद्ध त्यसलाई सफलतापूर्वक डिफेन्ड गर्ने मुख्य लक्ष्य रहेको बताएका छन्।

अंक तालिकाको स्थिति हेर्दा, जनकपुर बोल्ट्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने विराटनगर किङ्ग्स ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंक जोड्दै पाँचौं स्थानमा संघर्षरत छ। आजको खेलमा दुवै टिम आ–आफ्नो स्थिति बलियो बनाउन कडा प्रतिस्पर्धा गर्नेछन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय