spot_img

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो, चाँदी ४५ रुपैयाँले घट्यो

spot_img
spot_img

काठमाडौं,१७ कार्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको हो। महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेको छ। सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३ हजार ७२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय