spot_img

पर्सामा अदालतबाट सजाय तोकिएका ११ फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

वीरगंज,१७ कार्तिक । पर्सा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय तोकिएका ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि पर्सा जिल्ला अदालतमा पेस गरेको हो।

पक्राउ पर्नेमा चेक अनादर (बैंकिङ कसुर) मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका जिराभवानी गाउँपालिका–३ (साबिक जितपुर गाविस) निवासी करिब ५० वर्षीय पारसनाथ दास थारूसहित विभिन्न मुद्दाका ११ जना रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई कात्तिक १६ गते पक्राउ गरिएको थियो। पक्राउ परेका सबैलाई सोमबार आवश्यक कानुनी प्रक्रिया पूरा गर्न पर्सा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय