spot_img

जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीलाई

spot_img
spot_img

काठमाडौं,१७ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता शरत् सिंह भण्डारीलाई दिइएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादव दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना हुने आइक्यापकको कार्यक्रममा सहभागी हुन जाने भएपछि भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

अध्यक्ष यादवले नोभेम्बर ४ देखि ७ (कात्तिक १८ देखि २१) सम्मका लागि भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोक्दै पत्र दिएका हुन्।

यादवको अनुपस्थितिमा उक्त अवधिभर पार्टीको नेतृत्व तथा आवश्यक कामकारबाही सञ्चालन गर्ने जिम्मेवारी भण्डारीले सम्हाल्नेछन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय