spot_img

तीन महिनामै नेपालबाट सवा २ करोड लिटरभन्दा बढी जुस निर्यात

spot_img
spot_img

काठमाडौं,१७ कार्तिक । नेपालबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सवा २ करोड लिटरभन्दा बढी जुस निर्यात भएको छ। साउनदेखि असोजसम्मको अवधिमा नेपालले २ अर्ब २० करोड रुपैयाँभन्दा बढी मूल्यको जुस विभिन्न मुलुकमा निर्यात गरेको हो।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालबाट कुल २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात भएको छ। यसबाट २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी भएको छ।

नेपालबाट निर्यात हुने जुसको सबैभन्दा ठूलो बजार भारत रहेको छ। यसबाहेक केही परिमाणमा नेपाली जुस चीन र जापानमा समेत निर्यात हुने गरेको छ।

तथ्यांकअनुसार सबैभन्दा बढी विभिन्न फलफूलको मिश्रणबाट तयार पारिएको ‘मिक्स जुस’ निर्यात भएको छ। तीन महिनामा १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको १ करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यात भएको हो।

मिक्स जुसको मुख्य बजार भारत रहेको छ। समीक्षा अवधिमा भारतमा मात्रै १ अर्ब ४२ करोड ८२ लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३३ हजार ३८६ लिटर मिक्स जुस निर्यात भएको छ। त्यस्तै, जापानमा २३ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ३८ लिटर र चीनमा ९ लाख ३५ हजार रुपैयाँ मूल्यको १० हजार २०० लिटर मिक्स जुस निर्यात भएको विभागको तथ्यांक छ।

मिक्स जुसपछि नेपालबाट सबैभन्दा बढी निर्यात हुनेमा सुन्तला र भुइँकटहरको जुस रहेका छन्। पहिलो त्रैमासमा ३५ करोड ८७ लाख ८ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २७५ लिटर सुन्तलाको जुस निर्यात भएको छ।

त्यस्तै, २२ करोड १३ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको १८ लाख ४३ हजार ३२६ लिटर भुइँकटहरको जुस निर्यात भएको छ। सुन्तला र भुइँकटहर दुवै प्रकारका जुस शतप्रतिशत भारतमा निर्यात भएका हुन्।

यसैगरी नेपालबाट स्याउ, ग्रेपफ्रुट र गोलभेँडाको जुस पनि निर्यात हुने गरेको छ। समीक्षा अवधिमा १६ करोड ८५ लाख २२ हजार रुपैयाँ बराबरको १४ लाख ४८ हजार ९०४ लिटर स्याउको जुस निर्यात भएको छ।

त्यस्तै, १ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार २५४ लिटर ग्रेपफ्रुट जुस र १ करोड २५ लाख ७८ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ५६ हजार १९२ लिटर गोलभेँडाको जुस पनि भारत निर्यात भएको भन्सार विभागले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय