spot_img

देश र आन्दोलनको रक्षाका लागि एकताको झण्डा उठाउनुपर्छ : प्रचण्ड

spot_img
spot_img

काठमाडौं,१७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य सञ्चालनमा विचार र विवेक हराउँदै गएको भन्दै मुलुकमा अराजक तथा निरङ्कुश प्रवृत्ति हाबी भएको टिप्पणी गरेका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको रक्षाका लागि विचार र सिद्धान्तमा विश्वास गर्ने शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका हुन्।

देशको पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले राज्य सञ्चालनमा विवेक र विचारको सट्टा आवेग, आग्रह–पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति हाबी भएको आरोप लगाए।

‘यतिबेला देशमा विवेक हराएको छ, राज्यमा विचार हराएको छ। आवेग, आग्रह–पूर्वाग्रह, निरङ्कुशता, अराजकता, जनतालाई चिमोट्ने, चिथोर्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति देशमा हाबी भएको छ,’ उनले भने।

यस्ता अराजनीतिक र अराजक प्रवृत्तिविरुद्ध विचार, सिद्धान्त र विवेकको पक्षमा उभिने शक्तिहरूले साझा मोर्चा बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘हामी विवेकका पक्षधर, विचारका पक्षधर, सिद्धान्तका पक्षधर र देशभक्त जनताका पक्षधरहरू एकचोटि फेरि एकताको झण्डा उठाएर अगाडि बढ्नुपरेको छ,’ प्रचण्डले भने।

उनले मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती देखिएको दाबी गर्दै देशको अस्तित्व रक्षाका लागि सबै शक्तिबीच बृहत् एकता आवश्यक रहेको बताए।

‘देशको स्वाधीनता नै रहेन भने हामी कोही पनि रहँदैनौँ। त्यसैले देश र आन्दोलनको रक्षाका लागि बृहत् एकताको विकल्प छैन,’ उनले भने।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय