काठमाडौं,१७ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
भेटका क्रममा दुवैबीच नेपाल र युरोपेली संघको आपसी हित तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस अवसरमा नेपाल–ईयू सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यका क्षेत्र विस्तार गर्दै सम्बन्धलाई अझ प्रगाढ बनाउने उपायबारे विचार आदानप्रदान भएको थियो।




