spot_img

शैशव राजुको अध्यक्षतामा नयाँ अभियन्ता टोली गठन, मंसिरदेखि ‘हुंकार हुलाकी यात्रा’ अभियान सुरु हुने

spot_img
spot_img

वीरगंज, १७ कार्तिक । ‘हुंकार मधेश’ को प्रथम जिल्ला भेलाले संगठन विस्तार र अभियानलाई तीव्रता दिने निर्णय गरेको छ।

सप्तरी उद्योग वाणिज्य संघको हलमा सम्पन्न भेलाले शैशव राजुको अध्यक्षतामा ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गर्दै नयाँ अभियानको औपचारिक घोषणा गरेको हो।

नवगठित टोलीले मधेशमा व्याप्त राजनीतिक, सामाजिक र आर्थिक समस्याविरुद्ध जनचेतना जगाउने र स्थानीय स्तरमा संगठनलाई बलियो बनाउने मुख्य जिम्मेवारी पाएको छ। मधेशी समुदायको आर्थिक आत्मनिर्भरता र जातीय विभेदको अन्त्यका लागि अभियानलाई गाउँ–गाउँसम्म पुर्‍याउने रणनीति तय गरिएको छ।

यसैबीच, संगठनलाई रणनीतिक रूपमा अघि बढाउन आगामी मंसीर पहिलो हप्तादेखि मेचीमहाकाली ‘हुंकार हुलाकी यात्रा’ अभियान सञ्चालन गरिने भएको छ। नवनिर्वाचित अध्यक्ष शैशव राजुको नेतृत्वमा बन्ने टोलीले हुलाकी राजमार्ग केन्द्रित अभियानमार्फत मधेशका अधिकार, पहिचान र आर्थिक सुधारका मुद्दाहरूलाई सशक्त रूपमा उठाउनेछ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय