spot_img

अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पलाई ठूलो धक्का, संसद्का दुवै सदनमा डेमोक्र्याटिक पार्टीको बहुमत

spot_img
spot_img

वीरगंज, १८ कार्तिक । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले भारी पराजय व्यहोरेको छ। नोभेम्बर ३ मा भएको मतदानको नतिजा अनुसार विपक्षी डेमोक्र्याटिक पार्टीले अमेरिकी संसद्का दुवै सदन— प्रतिनिधिसभा र सिनेटमा स्पष्ट बहुमत हासिल गरेको छ।

ट्रम्पको दोस्रो कार्यकालको मध्यबिन्दुमा भएको यस निर्वाचनलाई उहाँको नेतृत्व, आर्थिक नीति र इरान युद्धसम्बन्धी विदेश नीतिको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो। रोयटर्सका अनुसार महँगी र इन्धनको मूल्यवृद्धिका कारण मतदातामा व्याप्त असन्तुष्टिका बीच डेमोक्र्याटहरूले सिनेटमा रिपब्लिकनका कम्तीमा ६ सिट खोसेका छन्। टेक्सास, ओहायो, साउथ क्यारोलाइना र आयोवाजस्ता परम्परागत रिपब्लिकन गढहरूमा समेत डेमोक्र्याटिक उम्मेदवारहरू विजयी भएका छन्।

दुवै सदनमा बहुमत गुमाएसँगै ट्रम्प प्रशासनका निर्णय, बजेट, विधेयक र उच्चस्तरीय नियुक्तिहरूमाथि अब डेमोक्र्याटहरूको कडा संसदीय नियन्त्रण र छानबिन सुरु हुनेछ। यसले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनको समीकरणमा समेत ठूलो हलचल ल्याउने देखिएको छ।

यसैबीच, हार निश्चित भएपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नै पार्टीका उम्मेदवारहरूबाट दूरी बनाउने प्रयास गरेका छन्। प्रतिक्रिया दिँदै ट्रम्पले लेखेका छन्, ‘यो चुनावको मतपत्रमा म थिइनँ, यदि म स्वयं उठेको भए हामीले निकै ठूलो भारी मतले जित्ने थियौँ।’

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय