spot_img

बालेन सरकारको कार्यशैलीप्रति पूर्वडिआइजी रमेश खरेलको आक्रोश भने ‘रविजी, अब सरकार आफैँ सम्हाल्नुस्’

spot_img
spot_img

वीरगंज, १८ कार्तिक । पूर्वडिआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा हस्तक्षेप गर्दै आफैँ सरकारको नेतृत्व सम्हाल्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै खरेलले प्रधानमन्त्री बालेन र उनको ‘लगान’ टिमको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन्। ‘रविजी, पार्टी मात्रै होइन, यो गिरोहलाई हटाएर सरकार पनि आफैँ सम्हाल्नुपर्ने अवस्था आइसकेको छ,’ खरेलले लेखेका छन्। उनले बिचौलिया परिचालन गरेर राज्यका शक्तिशाली संरचनालाई कमजोर बनाउने प्रयास भइरहेको गम्भीर आरोपसमेत लगाएका छन्।

खरेलले दुई–तिहाइको जनादेश र जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुको साटो वर्तमान सरकारले त्यसको मर्ममाथि नै प्रहार गरिरहेको टिप्पणी गरेका छन्। साथै, नेपाली कांग्रेसका सभापति गगन थापालाई लक्षित गरी भइरहेका गतिविधिमाथि पनि उनले प्रश्न उठाएका छन्। सानेपा (कांग्रेस मुख्यालय)बाट सरकारलाई प्रश्न गरेकै आधारमा गगन थापालाई फसाउने नाटक भइरहेको र प्रतिपक्षको आवाज कुण्ठित गर्न खोज्नु लोकतन्त्रका लागि खतरा भएको उनले बताएका छन्।

थापाले कांग्रेसको आधिकारिकता प्राप्त गर्न १८ करोड रुपैयाँ खर्च गरेको भन्ने आरोप तथा सर्वोच्चका न्यायाधीशको नाम जोडेर भइरहेको प्रचारप्रति चिन्ता व्यक्त गर्दै उनले राजनीतिक विवादको निरूपण कानुनी प्रक्रियाबाट हुनुपर्ने र ‘डिजिटल ट्रायल’ बन्द हुनुपर्ने जोड दिएका छन्।

आफ्नो स्टाटसको अन्त्यमा पूर्वडिआइजी खरेलले प्रधानमन्त्री बालेनलाई सम्बोधन गर्दै चेतावनीको शैलीमा लेखेका छन्– ‘बालेन, दिस इज नट डन’

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय