spot_img

बिचौलिया इनम सापकोटाबारे छानबिन गर्न राज्य व्यवस्था समितिको बैठक बोलाउन विपक्षी दलहरूको माग

spot_img
spot_img

वीरगंज, १८ कार्तिक । बिचौलिया इनम सापकोटासँग जोडिएको अडियो प्रकरण, सरकारको कार्यशैली र राज्यशक्तिको दुरुपयोगबारे गम्भीर छानबिनको माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले समिति सभापति हरि ढकाललाई छुट्टाछुट्टै लिखित पत्र पठाउँदै बैठकको माग गरेका हुन्।

पत्रमा प्रहरी महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, बिना कसुर पत्रकारहरूको गिरफ्तारी, प्रधानमन्त्रीका सल्लाहकारको निवासमा हिरासतमा रहेका व्यक्तिको मोबाइल जफत गरिनु, र कस्टडीमा रहेका इनम सापकोटाको भनिएको अडियो बाहिरिनु जस्ता घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई समितिको बैठकमा अनिवार्य उपस्थित गराएर ती घटनाबारे स्पष्ट जवाफ माग्नुपर्नेमा जोड दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय