spot_img

मनोज केसीलाई प्रहरीको सर्वोच्च कमान्ड, निवर्तमान आईजीपी दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त

spot_img
spot_img

वीरगंज, १८ कार्तिक । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षकमा पदोन्नति गर्ने औपचारिक निर्णय गरेको हो।

नवनियुक्त आईजीपी केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत थिए। उच्च दर्जाका अपराध अनुसन्धानमा कुशल कमान्डरका रूपमा पहिचान बनाएका केसीले अब प्रहरी संगठनको पूर्ण नेतृत्व सम्हाल्नेछन्।

यसैबीच, मन्त्रिपरिषद् स्रोतका अनुसार हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको नयाँ जिम्मेवारी दिइएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय