spot_img

सर्लाही मालपोतका नासु निर्मल तिमिल्सिना १ लाख घुससहित पक्राउ

spot_img
spot_img

सर्लाही, १८ कार्तिक । सर्लाहीस्थित भूमि प्रशासन कार्यालय (मालपोत)का नायब सुब्बा निर्मल तिमिल्सिना एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे उनलाई रङ्गेहात नियन्त्रणमा लिएको हो।

मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नासु तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम सहज बनाइदिने बहानामा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेका थिए। सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाको पुष्टि गर्दै पक्राउ परेका तिमिल्सिनामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय