spot_img

अख्तियारले रङ्गेहात समातेका सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव दोषी ठहर

spot_img
spot_img

वीरगंज, १९ कार्तिक । महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्। विशेष अदालतले बुधबार उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने फैसला सुनाएको हो।

यादवलाई एक उपभोक्ता समितिका अध्यक्षसँग योजनाको रकम भुक्तानी सहज गराइदिने बहानामा ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। अख्तियारको टोलीले उनलाई महोत्तरीको औरही सडकखण्डबाट रङ्गेहात पक्राउ गरेको थियो।

सिरहाको गोलबजार नगरपालिका–१२, सिमरा घर भएका यादव कल्याणपुर नगरपालिकाबाट सरुवा भई महोत्तरीको सोनमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर हुन पुगेका थिए। सोनमा पुगेको केही दिनभित्रै उनी घुस रकमसहित पक्राउ परेका थिए।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय