जनकपुर, १४ चैत्र । मधेश प्रदेश र सङ्घ सरकारका संयन्त्रको संयुक्त बजार अनुगमन टोलीले बुधबार जनकपुरधामको अस्पताल रोडस्थित ९ वटा होटलको अनुगमन गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको निर्देशन अनुसार, होटलको स्वच्छता र खाद्य सुरक्षामा अनुगमनलाई निरन्तरता दिइएको हो । अनुगमन टोलीले दर्ता नगरी सञ्चालनमा रहेका पाँच होटललाई दर्ता गर्न निर्देशन दिएको छ। दर्ता गर्न निर्देशन दिइएका होटलमा शिव भोजनालय, किशोरी भोजनालय, कृष मिठाइ पसल, रामईश्वर होटल र बैष्णव भोजनालय रहेका छन् ।
टोलीले म्याद गुज्रिएका पेय पदार्थ र बिग्रेका मिठाई, तेल नष्ट गरिदिएका छन् । अनुगमनमा ड्यु, स्लाइस,...