राजविराज, १७ चैत्र । मधेशकाे कृषि विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरूले गत भदौदेखि तलब नपाएको भन्दै आइतबारदेखि पेन डाउन हडताल सुरु गरेका छन्। तलब अभावका कारण दैनिक जीवनयापनमै कठिनाइ भोग्नुपरेको उनीहरूको गुनासो छ ।
यसअघि फागुन १ गते कर्मचारीहरूले विश्वविद्यालय प्रशासन भवनमा तालाबन्दी गरेका थिए। तर, मुख्यमन्त्री तथा कुलपति सतिशकुमार सिंहको पहलमा जिल्ला समन्वय समितिको बैठक बसेपछि फागुन १० गते तालाबन्दी खोलिएको थियो।
तर, फागुन २० गतेको सिनेट बैठकमा उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार श्रीभगवान ठाकुरलाई पदमुक्त गर्ने निर्णय भएपछि विवाद फेरि चर्किएको छ। सर्वोच्च अदालतले उनीहरूलाई तत्काल पदमुक्त नगर्न आदेश...
राजविराज, १७ चैत्र । मधेशकाे कृषि विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरूले गत भदौदेखि तलब नपाएको भन्दै आइतबारदेखि पेन डाउन हडताल सुरु गरेका छन्। तलब अभावका...