वीरगन्ज,३२ असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। बुधबार पार्टीका प्रमुख सचेतक रेखा यादवले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई समर्थन फिर्ताको पत्र बुझाएसँगै यो निर्णय कार्यान्वयनमा आएको हो।
जसपा नेपालले यसअघि नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित वर्तमान सरकारलाई बाहिरबाट समर्थन दिँदै आएको थियो। यद्यपि, पार्टी सरकारमा भने सहभागी भएको थिएन। पछिल्लो समय सरकारसँग विशेषगरी भूमि विधेयकका विषयमा जसपा नेपालको गम्भीर असहमति बढ्दै गएको थियो।
पार्टीका नेताहरूले भूमि विधेयकमा समावेश गरिएका केही प्रावधानहरूले भूमिहीन तथा सुकुम्बासीहरूलाई थप मर्का पर्ने र मधेश...
वीरगन्ज,३२ असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। बुधबार पार्टीका प्रमुख सचेतक रेखा यादवले...