दाङ,२३ चैत । दाङको तुलसीपुरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर देखिएको छ। कक्षा आठको नतिजा प्रकाशनले तुलसीपुरको आधारभूत तहको शैक्षिक गुणस्तर निराशाजनक देखिएको हो।
नतिजा निराशाजनक देखिएपछि सामुदायिक विद्यालय, स्थानीय सरकार तथा शिक्षकको आलोचना तीव्र रूपमा बढेको छ। तुलसीपुरमा उत्तीर्ण प्रतिशत ३३ रहेको छ।
तुलसीपुरमा आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा उत्तीर्ण प्रतिशत शून्य देखिएको छ। चार विद्यालयमा भने एक/एक जना मात्र उत्तीर्ण भएका छन्।
तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले सार्वजनिक गरेको नतिजा अनुसार वडा नं ३ मा रहेको मावि प्रतापकोट, वडा नं. १८...