काठमाडौं, ५ वैशाख । नेपाल टेलिकमले आज शुक्रबार राति ९ बजेबाट भोलि शनिबार बिहान ७ बजेसम्मका लागि आफ्नो सेवा अस्थायी रूपमा बन्द हुने जानकारी दिएको छ।
फाइबर टु द होम (FTTH) नेटवर्कको आन्तरिक मर्मत तथा स्तरोन्नति कार्यका कारण सेवा प्रभावित हुने टेलिकमले जनाएको हो।
सुन्धारा दूरसञ्चार कार्यालयअन्तर्गत पर्ने ठहिटी, असन, भेंडासिंह, इन्द्रचोक, महाबौद्ध र किलागल क्षेत्रमा टेलिफोन, इन्टरनेट र टिभी सेवा अस्थायी रूपमा अवरुद्ध हुनेछ।
टेलिकमले तोकिएको समयपछि पनि सेवा पुनः सुचारु नभएमा ०१–५७००१०० वा १९८ मा सम्पर्क गर्न ग्राहकहरूलाई अनुरोध गरेको छ।
काठमाडौं, १४ चैत्र । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षा दिएका परीक्षार्थीहरूका लागि विशेष अफर घोषणा गरेको छ। यस अफर अन्तर्गत, कम्पनीले परीक्षार्थीलाई २०...