काठमाडौं, ३० चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टी नेताहरू रवीन्द्र मिश्र र डा. धवलशम्सेर राणाको रिहाइको माग गर्दै सरकारलाई कडा चेतावनी दिएका छन्। उनले नेताद्वयलाई तत्काल नछोडे राप्रपाले सडकमा उत्रेर आन्दोलन गर्ने बताएका छन्।
शुक्रबार आफ्नै निवासमा पुगेको राप्रपा नेताहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै पूर्वअध्यक्ष राणाले विचार अभिव्यक्तिको स्वतन्त्रतामाथि अंकुश लगाउँदै सरकारले ठूलो अन्याय गरेको बताए।
"विचार राख्ने स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो," राणाले भने, "अभिव्यक्तिको अधिकार प्रयोग गर्दा थुनिनु गम्भीर प्रजातान्त्रिक विचलन हो।"
उनले हिरासतमा रहेका उपाध्यक्ष मिश्र, महामन्त्री राणा लगायतका राष्ट्रवादी नेताहरूको शीघ्र रिहाइको माग गर्दै पार्टीलाई आन्दोलनको...
काठमाडौं, ३० चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टी नेताहरू रवीन्द्र मिश्र र डा. धवलशम्सेर राणाको रिहाइको माग गर्दै सरकारलाई कडा...